News Griha :: न्यूजगृह
सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ हुँदैन 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले सांसदहरूले बोलेका कुरा सुनुवाइ नभएको गुनासो गरेकी छन् ।

आइतबार मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदसँगको छलफल कार्यक्रममा उनले सांसदका कुरासमेत राज्य सत्ताले नसुन्ने गरेको बताएकी हुन् । उनले आफूमाथि भएको अन्याय अत्याचारको लागि आफैँले आवाज बुलन्द गर्नु पर्ने बताइन् ।

उनले भनिन् ‘यदि, सांसदको कुरा सुनिदैन भने जनता आफैँ सडकमा ओर्लिएर आफ्नो न्याय र हक अधिकारका लागि लड्नु पर्छ ।’

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:२४
Weather Update