एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको टोलीबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।
महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १६:१३













