
काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सबै प्रदेशका सात वडामा जाने बताएका छन् ।
यस्तै, गृहमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् । काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा भए पनि पार्टी कामका लागि वडा तहमा जाने बताएका हुन् ।
‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु, ती वडामा जनताको स्थिति, पार्टीको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु, सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जी जानुहुन्छ,’ उनले भने ।
आफूहरू नै पार्टी निर्माणमा जाने भएपछि केन्द्रीय सदस्यले भने जिल्ला जान्न भन्न नमिल्ने उनको भनाइ थियो ।













