शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शक्तिमा पुगेपछि मानिस भूपि शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तै हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित बिसे नगर्ची विशेषाङ्क विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउने दलहरूको प्रवृति पनि उस्तै रहेको बताए ।
‘टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन्, त्यसैले जुनसुकै पार्टी, जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचानको कविता जस्तो मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ,’ उनले भने ।
मन्त्री किरातीले आम जनतालाई सहभागी गराएर चलाएको अभियान मात्र सफल हुने दाबी गरे । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १४:२८













