News Griha :: न्यूजगृह
मन्त्री साउद भन्छन्— पासपोर्टमा सहजिकरणको लागि आवश्यक निर्देशन दिइसके

काठमाडौं— परराष्ट्र मन्त्री एनपी साउदले पासपोर्टको विषयमा सहजिकरणको लागि आवश्यक निर्देशन दिएको बताएका छन् । 
आइतबार काठमाडौंमा आयोजित प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण कार्यक्रममा साउदले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन् । 

उनले भने,‘ पासपोर्ट बनाउँन भीड हुने सन्दर्भमा सरकारमा उच्चस्तरमा छलफल गरिरहेका छौं । बायोमेट्रिकदेखि लिएर बिभिन्न कुरा एकै सरकारले हाम्रै सरकारी कार्यालयले पटक पटक ठाउँ ठाउँबाट किन गर्ने जुन ठाउँबाट यस्ता सेवा सुविधा राज्यले प्रबन्ध गर्नुपर्ने त्यो एकैठाउँबाट स्तरीय दिन सक्यौ भने समय बर्बाद पनि गर्दैन र प्रशासनिक काम पनि सहजीकरण हुन्छ । त्यसैले पासपोर्टमा पनि आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

उनले विगतमा छिमेकी देशसँग भएको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने कोशिश गरिरहेको बताए । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:१४
Weather Update