News Griha :: न्यूजगृह
शक्तिमा पुगेको मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं— संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शक्तिमा पुगेपछि मानिस भूपि शेरचनले लेखेको कविता 'घुम्ने मेचमाथि अन्धो मान्छे' जस्तो हुने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरूको प्रवृत्ति पनि उस्तै रहेको बताए ।  उनले भने ‘ टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचनको कविता जस्तै मान्छे घुम्ने कुर्सीमाथि बसिरहेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ ।’ 

मन्त्री किरातीले आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:४१
Weather Update