काठमाडौं— वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् ।
आइतबार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौंको टेकुमा आयोजित एक लाख वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षरोपण भए पनि त्यसको संरक्षण चुनौती बनेको बताएका हुन् ।
‘वन लगाउन सफल भयौँ, तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रुपमा रहेको छ, अहिले पनि जंगलभित्र काठहरू छन्, त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘बाहिरबाट काठहरू मगाउनु परिरहेको छ, समृद्ध र हरियो नेपाल बनाउने तपाईहरूको सोंच र लक्ष्यका कार्यहरू छ, त्यसबाट सरकार पछि हट्दैन् ।’
मन्त्री महतोले वनलाई रोजगारीसँग जोडिने बनाउनु पर्ने बताए । वन तथा वनभित्र रहेका वन्यजन्तुहरूप्रति भएको द्वन्द्वहरूलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ थियो ।













