News Griha :: न्यूजगृह
शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

ललितपुर— बाग्मती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको  छ ।

जनभावना क्याम्पस चापागाउँमा बाग्मती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।

बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए ।

उनले यस चालु आवमा शिक्षकका लागि बाग्मती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ विनियोजन गरेको जानकारी दिए । तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीका बारे सिकाइ हुने अपेक्षा राखिएको छ  । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:४७
Weather Update