माओवादी केन्द्रको बैठक आज पनि बस्दै

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज आइतबार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
शनिबारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आज बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने महराको भनाइ छ ।
अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको खुलेर विरोध गरेका छन् । उनीहरूले नेतृत्वकै कारण पार्टी कमजोर भएको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०६:१३













