काठमाडौंको विष्णुमतीमा बाढी

काठमाडौं— गएरातिदेखि काठमाडौंका केही भू–भागमा भारी वर्षा भएको छ ।
काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
साउन २१ बिहान २:३० बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 5, 2023
काठमाडौंको #विष्णुमती नदी गोङ्गबु जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान सम्म सतर्कता अपनाऔँ |@NDRRMA_Nepal
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०६:०८













