 (1)1691245674.jpg)
काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको चौथो दिन आजसम्ममा सबै केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको र भोलि निर्णय आउने स्थायी समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।
शर्माले भनिन् ‘आजबाट सबै केन्द्रीय समितिका सदस्यहरूले बोलेर सकियो र भोलि एक बजेका लागि बैठक बोलाइएको छ । भोलिको बैठकले आवश्यक निर्णय गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौ ।’
अर्को प्रसङ्गमा उनले सरकारले सुशासनको पक्षमा केन्द्रित भएर काम गरिरहेको जिकिर गरिन् ।
उनले भनिन्, ‘सरकारले सुशासनको पक्षमा, विसङ्गति विरुद्धमा जुन अभियान थालेको छ त्यसमा सबैको सकारात्मक प्रतिक्रिया छ । यसलाई व्यवस्थित ढङ्गले पार्टीले अगाडि बढाउँने भन्ने छ ।’
उनले सरकार कुनै पनि हालतमा कमजोर बन्ने सम्भावना नदेखेको भन्दै समाजवादको बाटोमा जाने आधार तयार भएको बताइन् ।
‘सरकार कमजोर हुन्छ भन्ने सम्भावना देखेको छैनौ र छैन पनि सरकार दुई दिन रहे पनि तीन दिन रहेता पनि दृढतापूर्वक काम गर्ने हो । र भोलि समाजवादमा जाने आधार तयार गर्ने हो,’ शर्माले भनिन् ।













