News Griha :: न्यूजगृह
बालेनले पीएचडी गर्दै, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।

शनिबार सामाजिक सञ्जालमा मेयर बालेन लेख्दै काठमाडौं विश्वविद्यालयले पीएचडीका लागि फेलोसिप दिएको जानकारी दिएका छन् । 

उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो।  

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:५७
Weather Update