1691243584.jpg)
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।
भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
बस्नेतले भने, 'कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस् ।'
पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण सरकारले २०७३ सालमा गरेको थियो ।