News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवा भन्छन्—अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छ
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको कार्यक्रममा देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रूपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राखे । उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।

'फोटो कहाँ राख्ने भन्ने कुरा भयो र हामीले पार्टी कार्यलयमा राख्ने निर्णय गरिऊँ, मलाई पनि सन्तोष लागेको छ । उहाँ धेरै ठूलो व्यक्ति हो । सहयोग गर्ने सहयोगी व्यक्ति हो,' उनले भने । देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:१६
Weather Update