News Griha :: न्यूजगृह
प्रेस स्वतन्त्रतालाई असर पार्ने कानुन बन्दैन : मन्त्री गुरुङ

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानुन नबन्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधेयक र कानुन बन्छ भन्ने सोच्न पनि नसक्ने बताए । गुरुङले भने, 'मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।'

उनले यस विषयमा आफू पनि गम्भीर भएको भन्दै प्रजातन्त्र स्थापनामा मिडिया क्षेत्रको भूमिका नभुलेको बताए । 'छलफलमा भएका विषयलाई सुधार गर्न सकिन्छ । गलत हुने कुरालाई रोक्न म तयार छु,' गुरुङले भने । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:००
Weather Update