News Griha :: न्यूजगृह
राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँ : अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकताबद्ध भएर अगाडि बढ्न तयार भएको बताएका छन् ।

पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन् ।

‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस्, अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं,’ उनले भने, ‘सहमति जनाउँछौँ, र एकताबद्ध भएर अगाडि बढ्न तयार छौँ ।’

उनले राष्ट्रिय हितलाई छाडेर अरु कुरामा एमाले सहमति नहुने दाबी गरे ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १७:३२
Weather Update