सुख्खा पहिरो खसेसँगै मुग्लिन सडक अवरुद्ध

काठमाडौं— नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खसेसँगै बाटो अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरोका कारण दुवैतर्फ बाटो बन्द भएको हो । अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० १६:१०













