News Griha :: न्यूजगृह
सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार भएन : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रिक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संरचनामा जथाभावी खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।

‘कम राजस्व उठ्यो, अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो, हामी सबैलाई थाहा छ, विस्तारै यसले फेरि एउटा रफ्तार लिन खोजिरहेको छ,’ उनले भने, ‘सरकारी संरचनामा पनि धेरै समस्या छन्, समयमै काम गर्ने, हरेक रिर्सोसेजको सदुपयोग गर्ने, इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने, जथाभावी नगर्ने, यसका लागि अझै धेरै काम गर्न बाँकी छ, धेरै समस्या छन्, यसलाई अर्डरमा ल्याउने कोशिस गरिरहेको छु ।’

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १५:२२
Weather Update