भारतको गौरीकुण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

काठमाडौं— नेपाली कांग्रेसले भारतको उत्तरा खण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक बेपत्ता भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भएको उल्लेख गर्दै यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ ।
कांग्रेसले बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० १५:१०













