भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ

काठमाडौं— पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ । न्यायाधीशले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।
खान सन् २०१८ मा निर्वाचित भई प्रधानमन्त्री बनेका थिए । गत वर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाएका हुन् ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८० १४:५३













