News Griha :: न्यूजगृह
अब काठमाडौंमा चल्ने बसमा विशाल नेपालको नक्सा 

काठमाडौं— विशाल नेपाल महाअभियानले टिष्टा काँगडासहितको भू—भाग समेटिएको नक्सा टाँस्ने अभियान जारी राखेको छ ।

विशाल नेपाल महाअभियानले आफ्नो तेस्रो कार्यक्रमअनुसार लगनखेल बसपार्कबाट छुट्ने बस, माइक्रोबसमा विशाल नेपालको नक्सासहित नारा भएको एक हजार स्टिकर टास्ने काम गरेका छन् ।

उक्त क्रममा अभियान्ता तेजेन्द्र बस्नेतले यो तेस्रो कार्यक्रम भएको जानकारी दिए । उनले यसअघि गोंगबुबाट बाहिर जाने, कोटेश्वरबाट बाहिर जाने बसमा ग्रेटर नेपालको नक्सा टाँसिएको थियो ।

उनले टिष्टादेखि काँगडासम्मको भूमि नेपालको हो । त्यसलाई फिर्ता ल्याउनका लागि त्यहीका नागरिक सचेत हुनु पर्छ भन्ने मान्यताका साथ आफूहरूले अभियान चलाएको दाबी गरे । 

‘टिष्टा काँगडाका जनताले, चाहानु पर्छ उनीहरू चाहिँ भारतको उपनिवेशभित्र छन्, उनीहरू स्वतन्त्र नेपाली हुन्, र उनीहरूले पनि जसरी अहिले काठमाडौंमा चाहिँ विशाल नेपालको महाअभियान चलिरहेको छ, त्यसै गरी टिष्टा काँगडाका क्षेत्रहरूमा पनि अब विशाल नेपालको महाअभियान चल्नु पर्छ,’ उनले भने । 
 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:३४
Weather Update