News Griha :: न्यूजगृह
नेकपा एसको स्थायी कमिटी बैठक सुरु 

काठमाडौं— नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोक नगरमा बैठक सुरु भएको हो ।

तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि १६ र १७ गतेका लागि स्थायी कमिटी बोलाइएको थियो ।

आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:५९
Weather Update