News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली
फाइल तस्बिर ।

काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुंगो लगाउन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दाबी गरे । 

उनले भने, ‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो के-के सम्झौता गर्नुहुन्छ केही बताउँनु हुन्न जे गर्नुपर्ने त्यो केही पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउँन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाइयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’

ओलीले बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउनको लागि ईपीजी गठन गरे ता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उनको भनाइ छ । 

उनले भने, ‘बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर नेपाल र भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ कसरी बनाउने त्यस सम्बन्धको लागि ईपीजी गठन गरिएको थियो त्यस विषयमा कुरा उठाउँन भनिएको थियो उठाउँनु भएन ।’

अध्यक्ष ओलीले सरकारले बेठीक गर्दै जाँदा आफूहरूको समर्थन हुन्छ भन्ने कुरा कल्पना पनि नगर्न नमिल्ने बताए । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:४७
Weather Update