News Griha :: न्यूजगृह
राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र ल्याउन सक्छ : मन्त्री ज्वाला 

काठमाडौं— भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र ल्याउन सक्ने बताएका छन् ।

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरूलाई राजनीतिक रुपमा नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरूको छ, विकासको रोड म्याप बनाउने जिम्मा छ,’ उनले भने, ‘त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरू राजनीति रुपमा हामी सहयोग गरौँला त्यसको खाका तपाईहरूले बनाउने हो ।’

मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट भए एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउन सक्ने बताए । उनले आफूहरू यो आँटका साथ अभियानमा होमिएको बताए । 

मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरु रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले योजनाहरू समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनु पर्ने र गुणस्तर पनि हुनु पर्ने बताए । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:१४
Weather Update