News Griha :: न्यूजगृह
माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु

काठमाडौं— कमलादीस्थित प्रज्ञा भवन बुधबारदेखि जारी नेकपा माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।

moist meeting 4th day11691218446.jpg
केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको जारी कार्यक्रमलाई शनिबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सम्बोधन गर्दै ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।  

moist meeting 4th day1691218446.jpg
केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको जारी कार्यक्रममा सहभागी सदस्यहरु ।
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:३८
Weather Update