News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई भेट्न पुगे गौर हत्याकाण्डका पीडित पक्ष

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच भेटवार्ता भएको छ । शनिबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्न पीडित पक्ष बालुवाटार पुगेका थिए ।

भेटमा आफूहरूको माग सम्बोधन गर्न पीडित संघर्ष समितिको माग थियो । यस क्रममा प्रधानमन्त्रीले छिट्टै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाडि बढ्ने बताएका थिए ।

१७ वर्षअघि भएको गौर घटनाको दोषीलाई कारबाहीको माग गर्दै हत्याकाण्डका पीडित संघर्ष समितिले केही दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:२२
Weather Update