News Griha :: न्यूजगृह
उडिरहेको जहाजभित्र टिकटक बनाउने तीन जना ‘क्रू मेम्बर’ दोहामा 'ग्राउन्डेड'

काठमाडौं— काठमाडौंबाट दोहा जाँदै गरेको जहाजभित्र टिकटक भिडिओ बनाउने तिन जना क्रू मेम्बर ग्राउन्डेड गरिएको छ ।

उडिरहेको जहाजभित्रको टिकटक बनाएको भन्दै हिमालयन एयरलाइन्सका तीन जना ‘क्रू मेम्बर’ ग्राउन्डेड भएका हुन् । न्यूनतम नियम पालना नगरी जहाजभित्र टिकटक भिडिओ बनाएको सूचना पाएपछि दुई महिला र एक पुरुषसहित तीन जनालाई ग्राउन्डेड गरिएको बताइएको छ ।

हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले भिडिओ खिचेका थिए । काठमाडौंबाट दोहा जाँदै गर्दा भिडिओ बनाउने उनीहरूलाई दोहामै ग्राउन्डेड गरिएको छ ।

बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र उनीहरूले भिडिओ बनाएको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने उनले बताए । 

अब उनीहरू यात्रुको रूपमा मात्रै नेपाल आउन पाउनेछन् । उनीहरूलाई एयरलाइन्सको जिम्मेवारीबाट भने निलम्बन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:५१
Weather Update