News Griha :: न्यूजगृह
माओवादीको बैठक आज पनि बस्दै,केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि चौथो दिनको बैठक सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

हरेक सदस्यहरूलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ । बैठक आइतबार सकिन्छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:२६
Weather Update