चार जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं— काठमाडौं महानगर–१६ माछापोखरीस्थित कर्णाली गेष्ट हाउसको कोठामा सिन्धुपाल्चोक घर भएका २५ वर्षय सुयोग गिरीको शव फेला परेको छ ।
यस्तै, कास्की जिल्लाको पोखरा महानगर ८ सृजनाचोकस्थित घरको सिँढीमा माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला बस्ने ४८ वर्षीय रुद्र बहादुर नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटार डेरा गरी बस्ने ३५ वर्षीया सीता लिङ्देन आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी, मोरङ, लेटाङ नगरपालिका–८ मा डेरा गरी बस्ने जहदा गाउँपालिका घर भएका ५५ वर्षीय राम बहादुर राई लेटाङ गाउँपालिका–८ अधेरीस्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १६:०३













