News Griha :: न्यूजगृह
नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितविरुद्ध गतिविधि गरेको उल्लेख गरेकाले कारबाही गरिएको उल्लेख गरिएको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको ६२ औं बैठकले पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज कर्मचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरी अनेकौँ पटक सम्झाउँदा पनि पार्टी हितविपरीत गएकाले कारबाही गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:११
Weather Update