News Griha :: न्यूजगृह
राजनीतिक पार्टीमा सत्ता दुरुपयोग गर्ने प्रवृति हाबी भयो : अध्यक्ष भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हाबी भएको बताएका छन् ।

नेपाल समाजवादी पार्टी बागमती प्रदेश र गैर भौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष भट्टराईले सत्ताको दुरुपयोग चरम रुपमा बढेको बताए । 

उनले अहिले राजनीति पार्टीहरूमा खाली पार्टीभित्रको सत्ताको पद, चुनावमा कसले टिकट लिने भन्ने र सत्ताको लाभ कसरी लिने भन्ने प्रवृति बढेकाले जनतामा पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको बताए ।

‘विचार राजनीतिको कार्यदिशा अत्यन्तै पुरानो भइसकेको छ, राजनीति दलहरूमा विचारको रूचि कसैले राख्दैनन् खाली पार्टीभित्रको सत्ताको पदमा को मान्छे तल हुने को माथि हुने भन्ने विषय र चुनावमा कसले टिकट लिने र सत्ताको लाभ कसरी लिने भन्ने मन्त्री हुने जस्ता विषयहरुमा हरेक पार्टीको शैली देखिन्छ,’ उनले भने, ‘त्यसैले पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको छ ।’

अध्यक्ष भट्टराईले आफ्नो नेपाल समाजवादी पार्टी सत्ताको दोहन गर्ने र निजी लाभ लिने नभई जनताको सेवा गर्ने पार्टी भएको दाबी गरे । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:२९
Weather Update