News Griha :: न्यूजगृह
युक्रेनले 'ब्ल्याक सी बेस'मा आक्रमणको प्रयास गरेको रुसको दाबी

काठमाडौं— रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुंगाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । 

‘आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानव रहित समुद्री डुंगाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानवरहित डुंगाहरू नष्ट गरिएको छ,’ रुसको टिप्पणी छ ।

नोभोरोसियस्कमा ट्यांकरहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ । यद्यपि, बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ । जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ । जहाँ विश्व बजारमा ढुवानीका लागि ट्यांकरहरूमा तेल लोड गर्ने गरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:४१
Weather Update