News Griha :: न्यूजगृह
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री शर्मा 

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएकी छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का एसईई उत्तीर्ण विद्यार्थीहरूलाई अभिनन्दन समारोहमा मन्त्री शर्माले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने विषयमा सामुदायिक विद्यालयहरू मात्र सक्षम नभएको भन्दै यसमा निजी क्षेत्रको भूमिका आवश्यक रहेको बताएकी हुन् । 

‘नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने सन्दर्भमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण छ, सबै विद्यार्थीहरूलाई शिक्षा दिने कुरामा सामुदायिक विद्यालयले मात्रै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘३० प्रतिशतभन्दा बढी निजी क्षेत्रको छ ।’

मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिबद्ध र कर्तव्यबोध बनाउन आवश्यक भएको बताइन् ।

यस्तै, उनले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको चर्चा गर्दै शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकको रुपमा स्थापित र निशूल्क हुनु पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:५३
Weather Update