प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवासमा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच अहिले कुराकानी भइरहेको छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा जानकारी गराएको बताइएको छ ।
आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ । मन्त्रालय भागबन्डा मिलिसकेका दलसँग प्रधानमन्त्रीले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ०९:५२













