सर्वोच्चमा धेरै चुनौती छ, अन्याय भए धेरै पोल्छ : न्यायाधीश भट्टराई

काठमाडौं— सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले एक जनालाई मात्र अन्याय भए पनि पोल्ने बताए ।
‘सर्वोच्च अदालतमा धेरै चुनौती छ, तपाईको आफ्नो ‘कम्पिटेन्स’ हैन कि तपाईले दिएको फैसला अन्तिम हुन्छ, कदम कदाचित अन्याय पर्यो भने पोल्छ,’ उनले भने, ‘एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाइलो हुन्छ, व्यक्तिगत रुपमा नै हामीलाई नरमाइलो लाग्छ, यो चुनौतीपूर्ण छ, र तपाईले प्रतिस्पर्धा गर्ने कुरामा चुनौती छ ।’
न्यायाधीश भट्टराईले आफूहरूले १० वर्षमा धेरै मुद्दा फछर्यौट गरेको बताए । परेको मुद्दाभन्दा करिब १९ सय बढी मुद्दा छिनेको उनको भनाइ थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १२:०९













