News Griha :: न्यूजगृह
नुहाउन गएका पुरुष कालीगण्डकीमा बेपत्ता

तनहुँ— जिल्लाको देवघाट गाउँपालिका-५ स्थित बेणी संगममा कालीगण्डकी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगर १२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार बेपत्ता भुसालको खोजी भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:३४
Weather Update