सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना रिहा

काठमाडौं— सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा भएकी छन् ।
बिरामी भएकोले उनलाई बोलाएको बखत उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले भने, ‘उहाँ क्यान्सर पीडित हुनुहुदो रहेछ । उपचार प्रयोजनार्थ रिहा गरिएको हो, उहाँमाथि अनुसन्धान जारी छ । क्लिन चिट भने दिइएको छैन ।’
सुब्बा क्यान्सर पीडित हुन् । उनको घाँटीमा क्यान्सर देखिएको छ । उनले किमो थेरापी गरिरहेकी छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको सामानभित्र विभागले साउन ३ गते सुन फेला पारेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० ११:१३













