News Griha :: न्यूजगृह
मिटरब्याजपीडित र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं— मिटरब्याजपीडित संघर्ष समिति र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको वार्ता शुक्रबार पनि जारी रहेको हो । पहिलो वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार बिहानैदेखि सरकार र पीडत पक्षबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।

वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका छन् ।

बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज साे मागमा छलफल गरी निचोड निकाल्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०९:२१
Weather Update