News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको अनुरोध— सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही नलेख्नू, आधिकारिक कुरा जान्न जिल्ला अध्यक्षलाई सम्पर्क गर्नू

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामाजिक सञ्जालमा जथाभावी नलेख्न अनुरोध गरेका छन् ।

प्रस्तावित संघीय शिक्षा ऐनमा ‘‘विद्यालय कर्मचारीका माग सम्बोधन भएन ? नेतृत्वले के हेरेर बसेको छ ?’’ जस्ता र  केन्द्रीय तहका पदाधिकारीलाई गालीगलोच गरिएको थाहा पाएपछि अध्यक्ष तिवारीले मुख्य कुरा नबुझी जथाभावी नलेख्न अनुरोध गरेका हुन् ।

उनले जान्न चाहेको कुरा सोध्न मनलागे सम्बन्धित जिल्ला अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

अध्यक्ष तिवारीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्,‘आदरणीय विद्यालय कर्मचारी मित्रहरू । सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही लेख्ने काम बन्द गर्ने कि ? आधिकारिक रूपमा जानकारी लिन जिल्ला अध्यक्षलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’

विद्यालय कर्मचारी परिषद् यतिखेर संघीय शिक्षा ऐनमा कर्मचारीका माग तथा मुद्दा स्थापित गराउन विभिन्न मन्त्री, सांसद तथा नेता र सरोकारवालाको ध्यानाकर्षण गराइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २१:१५
Weather Update