News Griha :: न्यूजगृह
प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हद

काठमाडौं— प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हदअनुसार रकम दिने व्यवस्था गरिएको छ ।  मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमा सो व्यवस्था गरिएको छ ।

अविछिन्न सेवा गरेका र उमेर हद ६० वर्ष पूरा भई सेवाबाट अलग भइसकेका विद्यालय कर्मचारीलाई अवकाश हुँदा काम गरेको पदसँग समान हुने निजामती सेवाको पद वा श्रेणीको सुरु स्केलको दरले प्रतिवर्ष बढीमा २० वर्षको सेवा अवधि मानी एकमुष्ट रकम दिइने व्यवस्था विधेयकमा छ ।

त्यसैगरी पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीलाई काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम दिने पनि विधेयकमा उल्लेख छ ।

कानूनत: स्वीकृत विद्यालय कर्मचारीको दरबन्दीमा पदपूर्ति गर्दा ऐन प्रारम्भ हुँदाका बखत कार्यरत रहेका कर्मचारीहरू मध्येबाट एक पटकको लागि आयोगले तोके बमोजिम विज्ञापन गरी आन्तरिक प्रातियोगिताद्वारा पदपूर्ति गर्ने, विज्ञापनमा उम्मेदवार हुन १० वर्षभन्दा बढी सेवा गरेको कर्मचारीलाई उमेरको हद नलाग्नेलगायत स्थानीय कानूनमा समावेश गरिनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:३७
Weather Update