माओवादी अध्यक्ष प्रचण्ड भन्छन्— अलिअलि बिग्रेको पार्टी अब सपारिन्छ

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलिअलि बिग्रेको पार्टी अब सुधार्ने बताएका छन् ।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिनको समापनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पार्टीलाई सपार्ने बताएका हुन् ।
उनले भने,‘अलिअलि बिग्रेका कारण पार्टी पार्टीजस्तो भएन । अब सपारिन्छ ।’ बुधबार बैठकको पहिलो दिन उनले माओवादी पार्टी, पार्टीजस्तो नभएको बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १९:१३