News Griha :: न्यूजगृह
सामाखुसी खोलामा बेपत्ता बालकको शव भेटियो

काठमाडौं— फुटसल खेल्न जाँदा सामाखुसी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

भारी वर्षाका कारण खोलामा आएको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर साजनको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बाग्मती नदीको किनारमा शव भेटेको ढुंगेलले बताए । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको एसपी ढुंगेलको भनाइ छ ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:४८
Weather Update