News Griha :: न्यूजगृह
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

काठमाडौं— सरकारसँग ७ बुँदे सम्झौतापछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । 

बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग सहमतिपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका हुन् ।

सरकार र सहकारी पीडितबीच बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेलगायतको उपस्थितिमा भएको छलफलमा सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:१८
Weather Update