News Griha :: न्यूजगृह
मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदै  

काठमाडौं— मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ । बिहीबार बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट आजलाई सारिएको हो ।

गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको पहिलो चरणको वार्तामा डा.भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो ।

प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता आजलाई सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले बताए ।

बिहीबार बैठकमा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:४३
Weather Update