News Griha :: न्यूजगृह
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

दोधारा चाँदनी— भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिन थालेको छ ।

‘भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ ।’

संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:३०
Weather Update