News Griha :: न्यूजगृह
ब्राजिलका पूर्व राष्ट्रपतिले भने : अपराधी साङ्लो जस्तै मर्नु पर्छ
सांकेतिक तस्बिर

काठमाडौं— ब्राजिलको राजधानी रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको अल जजीराले जनाएको छ । 

हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि, यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भएको छ ।

अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालई अस्वीकार गर्दै भनेका छन्, ‘अपराधीहरू साङ्लो जस्तै मर्नु पर्छ ।’

उनले ब्राजिलमा ‘बुलेट लबी’लाई दृढतापूर्वक समर्थनसमेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ । 

जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:११
Weather Update