News Griha :: न्यूजगृह
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि सुरु

काठमाडौ‌ं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि प्रज्ञाभवन कमलादीमा सुरू भएको छ । 

बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका छन् ।

आजको बैठकमा १५० जना सदस्यहरूले बोल्न नाम टिपाएका छन् । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:३४
Weather Update