News Griha :: न्यूजगृह
रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो : शंकर पोखरेल

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाका लागि मात्रै सार्वजनिक यातायात सञ्चालन भएसँगै प्रश्न गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पूरा भएको अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि मात्र सार्वजनिक बस सञ्चालनमा ल्याएका थिए । उनी गत वैशाख १० गते उपनिर्वाचनमा दोस्रोपटक निर्वाचित भएका थिए ।

‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान ?,’ महासचिव पोखरेलले थपे, ‘जिज्ञासा उठ्नु स्वभावकि हो ।’

उनले नयाँ र वैकल्पिक शक्ति बन्ने दलहरूको काममा रुपान्तरणकारी सोच र योजना देखिन नसकेको आरोप लगाए । उनले रास्वपाका सभापतिले भोटको सस्तो राजनीति गर्न खोजेको आरोप लगाउँदै गम्भीर बन्न आग्रह गरेका छन् ।

‘हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ, तर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १०:४८
Weather Update