राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं— राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेमा बस्नेछ ।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराइनेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन,२०८०’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।
कार्यसूची
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ०८:२७













