रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । उनले भने,‘समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको हो ।’
रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ०८:२२













